मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार आजै हुने

0
Shares

काठमाडौं । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज (मंगलबार) उक्त परिषद् विस्तार हुने भएको हो ।

जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई मन्त्री सहभागी हुनेछन् ।

जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र सिंह स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ ।

मुख्यमन्त्री सरोज यादवसँग भएको छलफल अनुसार कांग्रेसले दुई वटा मन्त्रालय पाएको र आजै शपथ हुने तय भएको छ ।

यादवले नेकपा (एकीकृत समाजवादी)ले कृषि मन्त्रालय पाएको छ ।

जनमतको भागमा रहेको कृषि मन्त्रालय खासेर एसकीकृत समाजवादीलाई दिइएको हो । सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ ।