बझाङको हिमपहिरोमा परेका तीनै जना मृत फेला

0
Shares

बझाङ ।

बझाङको सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिमपहिरोमा परेका तीनै जनाको शव फेला परेको छ ।हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका-३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहरा, जयपृथ्वी नगरपालिका-११, मयानाका १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरु पुरिएका थिए । हिमपहिरोमा परेर रामकोइलाका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका-११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

सदरमुकामबाट गएको प्रहरीको टोली र स्थानीयले यार्चा संकलन क्षेबाट शवहरु सदरमुकाम ल्याइसकेको र जिल्ला अस्पतालमा पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेस अवस्थीले जानकारी दिए ।