प्रधानमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिने

0
Shares

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्ने भएको हो ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफलका लागि बैठक बस्ने बताइएको छ ।

आर्थिक वर्ष २०८०÷८१ लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रमबारे दुवै सदनको बैठकमा छलफल हुने भएको हो ।

यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभामा गत आइतबारदेखि र राष्ट्रिय सभामा सोमबारदेखि छलफल भइरहेको छ ।

आज बस्ने राष्ट्रिय सभाको बैठकमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।