आज मन्त्रिपरिषद् बैठक बस्दै

0
Shares

काठमाडौं । आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उक्त परिषद्को बैठक अपरान्ह ४ बजे बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो ।

हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ ।

सोही अनुसार आज पनि बैठक बस्न लागेको हो ।