सिके रावत नेतृत्वको जनमत पार्टी केन्द्रीय समितिको बैठक बस्दै

0
Shares

काठमाडौं । सिके रावत नेतृत्वको जनमत पार्टी केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक यहीँ जेठ १२ गते शुक्रबार काठमाडौंमा बस्ने भएको हो ।

पार्टी राष्ट्रिय सचिव अनीता साहका अनुसार बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा छलफलमा हुनेछ ।

त्यस्तै पार्टीका मन्त्री, संघीय तथा प्रदेश सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रमको पनि आयोजना गरिएको साहले बताइन् ।

केन्द्रीय कमिटीको बैठकमा संघ र प्रदेश सरकारको समीक्षा गर्ने पनि बताइएको छ ।