संसदमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रतिनिधि सभाको संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो ।

प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि एकीकृत समाजवादीका अध्यक्ष

माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले राय सुझाव दिइसकेका छन् ।

नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो । बैठक बिहान ११ बजे बस्नेछ ।