स्वतन्त्र पार्टी सूर्यविनाक ६ वडा समिति गठन


भक्तपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिका वडा नं ६ समिति गठन गरिएको छ । केशव लुइँटेलको संयोजकत्वमा सोमबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजक लालबहादुर श्रेष्ठ र सचिव अम्वरबहादुर कार्की रहेका छन् ।

समितिका सदस्यहरुमा जीवन घिमिरे, दीपक उप्रेती, दीपक श्रेष्ठ, यादव गौतम, राजु अवाल, रीता कार्की, मातृका पाण्डे र विशेषता वस्नेत रहेका छन् । साथै १६ सदस्यीय सल्लाहकार समिति गठन गरियो ।  कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष रामेश्वर बस्नेतको सहभागितामा वडा समिति गठन भएको हो ।

यसअघि नै बस्नेतको अध्यक्षतामा जिल्ला समिति गठन भएको थियो । साथै एक हप्ता अगाडि मात्रै पार्टी सूर्यविनायक नगर कमिटी गठन भएको थियो । मनोज केसीको संयोजकत्वमा पार्टीको सूर्यविनाक नगर समिति गठन भएको थियो । यसअघि चाँगुनारायण नगरपालिकामा नयन्द्र बास्तोला संयोजकत्वमा चाँगुनारायण नगर समिति गठन गरिएको थियो ।

अब चाँडै नै मध्यपुर नगर समिति गठन गर्ने जनाइएको छ । साथै भक्तपुर नगरमा पनि समिति गठनको तयारी भइरहेको जनाइएको छ । वडास्तरमा गठन भएको यो दोस्राे वडा समिति हो । यसअघि पहिलो पटक चाँगुनारायण नगरपालिका वडा नं ५ मा वडा समिति गठन भइसकेको थियो ।

पार्टीप्रति युवाको आकर्षण पनि वढ्दो रहेको जनाइएको छ । पार्टीको सूर्यविनायक नगर समितिको सचिवमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतकी सुपुत्री आस्था बस्नेत यसअघि नै पार्टीको जिम्मेबारीमा रहेकी थिइन् ।

जुना एमालेबाट सूर्यविनायक नगरपालिकामा उपप्रमुखमा विजयी भएकी थिइन् । कांग्रेस महासमिति सदस्य विशेषता बस्नेत पनि यसअघि नै स्वतन्त्र पार्टीमा जोडिएकी थिइन् ।