चुनिए किड्स क्यापिटल नेपाल

14
Shares

टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स्, पेजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट मेनजमेन्टको संयुक्त आयोजनामा राजधानीमा हालै सम्पन्न बालबालिकाको प्रतिभामूलक प्रतिस्पर्धामा जुनियरतर्पm दिप्सन चिलुवाल र इस्लिया गुरुङ तथा सिनियरतर्पm सुहन पुन र मिमिक राना मगर किड्स क्यापिटल नेपाल २०२३ चुनिएका छन्।

त्यसैगरी, स्टिफन आले र सुरवी बस्नेत लिटिल प्रिन्स एन्ड प्रिन्सेस, केया बी श्रेष्ठ फस्ट, छिरिङ डोल्मा शेर्पा सेकेन्ड, इभानजेलिना आले थर्ड, इम्प्रेसा तामाङ फोर्थ र अग्रिम अधिकारी फिप्mथ रनर्सअप भएका छन्। त्यस्तै, सुसन पुन र मिप्साङ लामा किड्स आइकन, अविन अधिकारी र क्रिशा लामिछाने लिटिल स्टार, दिप्सन चिलुवाल र क्रिशा लामिछाने मस्ट पपुलर तथा दिप्सन चिलुवाल र छिरिध्र डोल्मा शेर्पा पब्लिक च्वाइस अवार्ड विजेता भएका छन्।

प्रतियोगितामा कविराज गहतराज, बिना श्रेष्ठ, सवित बज्राचार्य, गोपाल ढकाल, प्रनिमा दाहाल, शिशिर खाती, कृष्ण श्रेष्ठ, विपिन खड्का र मिलेनियम तण्डुकार शाह निर्णायक रहेका थिए। प्रतियोगितामा विभिन्न विद्यालयका पाँचदेखि १२ वर्षसम्मका २० बालबालिका सहभागी भएका थिए। अघिल्लो वर्षसम्म किड्स क्यापिटलका नाममा हुँदै आएको प्रतियोगिता यस वर्षबाट किड्स क्यापिटल नेपालका रुपमा भएको तथा अब अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा किड्स क्यापिटल वल्र्डसमेत हुने आयोजकले जनाएका छन्।