कर्णाली नदीमा डुबेर एकको मृत्यु



कैलाली ।

टिकापुर नगरपालिका-५ प्रेमनगर बस्ने १७ वर्षीय अमृत चौधरीको कर्णाली नदीमा डुबेर मृत्यु भएको छ ।

 नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरुको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँ दौलतपुरस्थित नदीको किनारमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्