माओवादी केन्द्रले आज पत्रकार सम्मलेन गर्दै

0
Shares

काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

आज (आइतबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा उक्त सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा देशको पछिल्लो राजनीतिक गतिविधि र विविध घटनाक्रमबारे जानकारी गराइने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पार्टीका पदाधिकारी र शीर्ष नेताहरूको उपस्थिति हुने कार्यालय सचिव श्रीराम ढकालले बताए ।