जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला चितवनमा हुने



काठमाडौं ।

जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला चितवनमा हुने भएकाे छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालसँग आवद्ध संगठन जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको दोस्रो राष्ट्रिय भेला यही जेठ १०, ११  र १२ गते चितवनमा हुने भएको हाे ।

नेपाललगायत दक्षिण एशियाकै वर्गको निर्माण जात व्यवस्थामा आधारित छ । जात व्यवस्था भनेको सिङ्गै राजनीति, अर्थतन्त्र र संस्कृतिसहितको विशिष्ट रुपले हुर्काउँदै ल्याएको शोषणमूलक प्रणाली हो । पैंतीस सयवर्षदेखि जरो गाडेको हिन्दू धर्म सापेक्ष वर्णाश्रम व्यवस्था आजको समयसम्म आइपुग्दा जात व्यवस्थामा विस्तारित भएर सिङ्गै दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनीक र सांस्कृतिक जीवन ध्वंसात्मक पार्दै आयो ।

दलित मुक्तिको गाँठो ‘ जात व्यवस्था ‘ भत्काउन सबैभन्दा पहिला सही विचारधारा छान्नु अनिवार्य छ । विचारधारालाई कार्यान्यवनमा लान नेतृत्व लिने सहास गर्नुपर्ने माेर्चाकाे संयोजक राजकुमार हिङ्माङले बताउनुभयाे। उहाँले भन्नुभयाे “विचारधारालाई कार्यान्यवनमा लान नेतृत्वले सहास गरे मात्रै हामीले चाहेको व्यवस्था आउँछ  ।” चितवन जिल्लामा देशैभरबाट प्रतिनिधिहरू सहभागी गराउँदै दोस्रो ऐतिहासिक राष्ट्रिय भेला हुने भएकाेले सहभागी हुन सबैलाई आह्वान गरिएकाे  छ ।
जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रिय सदस्य निर्जन विश्वकर्माले दिएकाे जानकारी अनुसार माघ २४ गते बसेको केन्द्रिय कमिटीको सातौ बैठकले चैत २६ २७ र २८ गते राष्ट्रिय भेला गर्ने गरेर निर्णय गरेको थियो । उक्त राष्ट्रिय भेलाकाे लागि प्रयाप्त तयारी नपुगेकाे कारणले जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाको बिद्रोह दिवसको अबसर राष्ट्रिय भेला गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्