स्वास्थ्य चौकीमा आगलागी हुँदा औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री जलेर नष्ट



गोरखा ।

गोरखाको सहिद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुँदा प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

आइतबार बिहान ४ बजेतिर विद्युत् सर्ट भएर सल्केको आगलागीबाट स्टोरमा रहेका औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री जलेर नष्ट भएको छ । केही सामान निकाल्न सकिए पनि धेरै सामग्रीमा क्षति पुगेको बताइएको छ । आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्