केन्द्रीय कमिटीले गरेका निर्णय आज सार्वजनिक गर्दै अनेरास्ववियु

0
Shares

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफूले गरेका निर्णय सार्वजनिक गर्ने भएको छ ।

आज (आइतबार) दिउँसो १ बजे आरआर क्याम्पसममा उसले आफ्ना निर्णय सार्वजनिक गर्ने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्ने भएको हो ।

यहीँ जेठ ४, ५, र ६ गते अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो बैठक बसेको थियो । बैठकले सरकारी तथा निजी विद्यालय प्रविधिमैत्री बनाउने, संस्थागत विद्यालय र कलेजको शुल्कमा एकरूपता ल्याउनेलगायतका महत्वपूर्ण निर्णय सार्वजनिक गर्ने अध्यक्ष समिक बडालले बताए ।