राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै

0
Shares

काठमाडौं । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।

जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो ।

केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौंला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, संगठन र स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि आजको कार्यसम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठक पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसो १ः३० बजे बस्नेछ ।