सरकारको नीति तथा कार्यक्रम पास हुन नदिने, संसदमा हंगामा मच्चाउने एमालेको रणनीति

0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज (आइतबार) बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ । उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल एमाले सरकारको नीति तथा कार्यक्रमको.टिप्पणी गर्ने भएको छ ।

यसका साथै उसले संसद् बैठकमै सरकारको नीति तथा कार्यक्रम पास हुन नदिने रणनीति लिएको छ । हिजो (शनिबार) बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसलाई पास गर्न दिन नहुने बताएका छन् ।

आज बस्ने दुवै सदनको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।