संसद् बैठकमा आजदेखि सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदै

0
Shares

काठमाडौं । आज (आइतबार) बस्ने संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदैछ । छलफलका लागि विहान ११ बजे संसद् बैठक आह्वान गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसका साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।

सरकारको वार्षिक कार्यदिशा मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।