एमालेले सधैँ देश र जनताको पक्षमा काम गर्छ : महासचिव पोखरेल

0
Shares

दाङ।

नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन् । उनले एमालले सामाजिक सुरक्षाका कार्यक्रम र विकास निर्माणलाई विशेष महत्व दिएको बताए ।

एमाले जिल्ला कमिटी दाङले नेत्रलाल अभागीको ४०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै रहेको ठोकुवा गरे । उनले नेत्रलाल अभागीले दाङको कम्युनिष्ट आन्दोलन, शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको स्मरण गरे।