दुवै खुट्टा गुमाएका बुढा मगर सगरमाथाको शिखरमा

0
Shares

काठमाडौँ।

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्।

मगरले शुक्रवार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहयोगमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्। यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्।

मगरको टोलीले शुक्रवार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेको थियो।

उक्त आरोहण दलको नेतृत्व कृष्ण थापाले गरेको जनाइएको छ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए।

दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्।

चिनियाँ पर्वतारोही सिया बोयूले र न्यूजील्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन्। -बीबीसी