मन्त्रिपरिषद् बैठकले पारित गर्‍यो सरकारको नीति तथा कार्यक्रम

0
Shares

काठमाडौं  । 
मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । बैठक ४ बजेका लागि बोलाइएको छ ।