मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी

0
Shares

काठमाडौं ।

गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकामा रहेका गीतकार बुद्धिमान थापाको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ । रमाइलोशैलीको प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई देखाएको छ ।  ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्वय विजय पुन र सुमी श्रेष्ठ गज्जबले खुलेका छन् ।

भिडियोमा गीतकार थापा स्वयं र जमुना मगरको पनि अभिनय छ । भिडियोको निर्देशन निर्देशक केशवराज भट्टले गरेका हुन् ।  जसमा प्रकाश खड्काको छायांकन तथा बन्दे पाण्डेको सम्पादन रहेको छ ।

गायक थापाले यसअघि सिधा मन, यो जुनीमा, भएन रे, डोलीमा , लगायत १ दर्जन बढी गीत बजारमा ल्याएका छन् । भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो ।