पाँच बर्षीया बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ बर्षको जेल सजाय

0
Shares

नयाँ दिल्ली ।

पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफनै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ।  केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाँय सुनाएको हो ।

देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।

विशेष अदालतले कैद बाहेक तीन-तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।

पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाए पछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन । त्यसपछि उनीहरुलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।