मौसम पूर्वानुमान : आज पनि वर्षा हुने सम्भावना

0
Shares

काठमाडौं । आज बिहानैदेखि देशका विभिन्न भेगमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो कोशी प्रदेशमा सामान्य बदलीरही वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ पूर्वानुमा छ । पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि दैनिक बुलेटिनमा उल्लेख छ ।

आज राती भने कोशी प्रदेशको थोरै स्थान तथा वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।