२० वर्षअघि बलात्कारका मुद्दाको दोषी पक्राउ

0
Shares

तनहुँ । २० वर्षअघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० बर्ष पछि पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० वर्षपछि ्शाक्यलाई उनकै घरवाट पक्राउ गरी जिल्ला कारागार पठाईएको छ । उनका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजाय तोकेको थियो ।

तर, सो सजाय तोकेको भए पनि उनी भने २० वर्षदेखि फरार रहँदै आएका थिए ।