बलिउडका ३ खानलाई उछिन्यो द केरला स्टोरीले

0
Shares

उसो त बलिउडमा तीन खानहरूको दबदबा रहने गर्छ भनिन्छ।

बलिउडका तीन खान सलमान खान, शाहरुख खान र अमिर खानको फिल्म आएपछि अन्य फिल्मले पानी पनि पाउँदैनन् भन्ने सोच छ र हुने गरेको छ पनि त्यस्तै। त्यसमाथि लिड रोलमा महिला भएको फिल्मले त तीन खान त के, अन्य अभिनेताको फिल्मलाई उछिन्छ भन्ने सोच्न पनि असम्भव कुरा हो बलिउडमा। तर, यसपटक अभिनेता सलमान खान तथा शाहुख खानको फिल्मलाई पनि पछि पार्दै अभिनेत्री अदा शर्मा अभिनित फिल्म द केरला स्टोरी अगाडि आएको छ।

सुदिप्तो सेनद्वारा निर्देशित यस फिल्मको बक्स अफिसमा कमाइको आँकडा निकै तीव्र रुपमा बढिरहेको छ। यस फिल्मले दोस्रो हप्तामा प्रवेश गरेसँगै ११२.९९ करोड भारतीय रुपियाँको व्यापार पार गरेको छ । सलमान खानको किसिका भाइ किसिका जान तथा रणवीर सिहंको तू झुठी मे मकरजस्ता फिल्मलाई पछाडि पार्दै आएको यस फिल्मले केही समयअघि रिलिज भएको शाहरुख खानको फिल्म पठानको कलेक्सनलाइ पनि उछिनेर नयाँ रेकर्ड कायम गरेको छ। बलिउडमा यस वर्ष अधिक कमाइ गरेको भनिएको फिल्म पठानको रेकर्डलाई समेत यसले तोडेको छ।

बेलायती सेन्सर बोर्डले भने यस फिल्मलाई प्रदर्शनमा रोक लगाएको छ। भारतको केरलाको राजनीतिक आतंकवादलाई उजागर गरेको फिल्ममा धर्म परिवर्तन गरी आतंकवादी संगठन आईएसअँईएसमा सामेल हुने तीन युवतीको कथा देखाइएको छ। विवादास्पद भनिएको यस फिल्मलाई पश्चिम बंगालमा प्रतिबन्ध लगाइएको छ। उत्तर प्रदेशले भने कर छुट दिएको छ। यस फिल्मले भारतीय राजनीतिक माहोलमा सरगर्मीको माहोल सिर्जना गरेको छ। भारतका केही हलमा साम्प्रदायिक दंगा हुन सक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाएर प्रदर्शन गरिएको फिल्मको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रशंसा गरेका थिए।