काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, दिनभर बदली हुने

0
Shares

काठमाडौं । देशभरका पहाडी भेगमा आज (बिहीबार) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकाको अधिकांश वर्षा भइरहेको मौषमविद् मञ्जु वासीले जानकारी दिइन् ।

वासीका अनुसार आज काठमाडौं उपत्यकामा दिनभर नै बदली हुने र वर्षा हुने सम्भावना रहेको छ भने घाम लाग्ने सम्भावना कम छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदलीरही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।