आज संसद् बैठक बस्दै, बैठकमा प्रधानमन्त्रीसँग १५ सांसदको प्रश्नोत्तर

0
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाका सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।