मौसम पूर्वानुमान : आज तीन प्रदेशमा वर्षाको सम्भावना

0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदलीरही बाँकी भूू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (बिहीबार) दिउँसो देशको पहाडी भूू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदलीरही अन्य प्रदेशका पहाडी भूू–भागमा आंशिक बदली तथा देशका बाँकी भूू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ ।