दीप र जुनुको सांगीतिक रानीमहल

0
Shares

गायक गायिका दीप श्रेष्ठ र जुनु गौतमको स्वरमा रानीमहल बोलको गीत हालै भिडियोसहित सार्वजनिक भएको छ।

गीतमा नवीन श्रेष्ठको शब्द रचना तथा संगीत रहेको छ भने प्रमोद परियारको संगीत संयोजन छ। गायिका गौतमले गीत रेकर्ड गर्दा गीतको शब्दले आफू पाल्पा नै पुगेको जसरी स्पर्श गरेको बताइन्। गीतकार तथा संगीतकार नवीन श्रेष्ठले भने आफ्नो जीवन भोगाइलाई गीतमार्फत चित्रण गर्ने कोशिस गरेको बताए।

गीतमाथि बनेको आकर्षक भिडियो प्रसन्न पौडेलले निर्देशन गरेका छन् भने विनोद न्यौपाने र अनिशा न्यौपानेले अभिनय गरेका छन्। भिडियोमा निशल पौडेलको छायांकन र तारा थापाको सम्पादन रहेको छ। गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।