गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा चार घाइते

0
Shares

चितवन ।

गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्दिा चारजना घाईते भएका छन्।  नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त रामनगरमा सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किदा चार जना घाइते भएका हुन । उक्त एम्बुलेन्समा गर्भवती श्रृजना गौतम गोरखाबाट उपचारका लागि भरतपुर आउँदै थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवन ट्रकमा ठोक्किएर घाइते भएका मध्ये एम्बुलेन्स चालक गोरखा, सुलिकोट गाउँपालिका– ६का एक बहादुर सुनार र गर्भवती श्रृजना गौतमको अवस्था गम्भिर रहेको  छ भने गर्भवती गौतमको अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ। उनका श्रीमान सुदिप गौतम मध्यम र मिना कोइराला भने सामान्य घाईते भएका छन्।  उनीहरु सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । थप अनुसन्धानका लागि ट्रक चालक हेटौँडा उपमहानगरपालिका– १९ का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।