अनुप्रस्थ ब्यान्ड च्यारिटी कन्सर्ट गर्दै



लोकप्रिय सांगीतिक समूह अनुप्रस्थले आगामी शनिबार राजधानीमा च्यारिटी कन्सर्ट गर्ने भएको छ।

ब्यान्डले पत्रकार सम्मेलन आयोजना गरी म्युजिक टु हिल एन्ड हेल्प नामक कार्यक्रम गर्न लागिएको अनुप्रस्थ फाउन्डेसनले जानकारी गरायो। भोकलिस्ट निरन शाहीले स्थापना गरेको फाउन्डेसनका तर्पmबाट पैसाबिना कोही मर्नु हुँदैन भन्ने नारासहित गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ सो कन्सर्ट आयोजना गर्न लागिएको हो। म्युजिक टु हिल एन्ड हेल्प च्यारिटी कन्सर्ट काल्म टङगालवुड, नक्सालमा हुनेछ।

कन्सर्टमा चर्चित कलाकार तथा ब्यान्डको सहभागिता रहनेछ। जसमा मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एन्ड द फारोह, द एस्क ब्यान्ड, अनुप्रस्थ ब्यान्ड, द एलिमेन्टस् , इन्दिरा जोशी एन्ड ब्यान्ड, महेश दोङ, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्यान्ड र पहेँलो बत्ती मुनिको सहभागिता रहनेछ।

नेपाल डाइरिजको व्ययवस्थापनमा हुने कार्यक्रममा सम्पूर्ण कलाकारदेखि आयोजक बिनाशुल्क क्यान्सर पीडितका उपचारका लागि सहयोग गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्