सांस्कृतिक कार्यक्रमसँगै नाटक

0
Shares

सामाजिक सस्था मातृभूमि नेपाल तथा उत्पादनमूलक संस्था युवा जागरण सामूहिक कृषि प्रालि नेपालले हालै राजधानीमा संयुक्त प्रशिक्षण तथा निर्देशनात्मक कार्यक्रमका साथ सांस्कृतिक कार्यक्रम र नाटक मञ्चन कार्य सम्पन्न गरेको छ।

सो अवसरमा भरत लामाको नेतृत्वमा सामूहिक जागरण युवाको सान, स्वदेशमै उत्पादन बढाउने हाम्रो महान अभियान भन्ने नाराका साथ सामूहिक कृषि अभियानको घोषणा गरेको छ। नृत्य तथा सांगीतिक प्रस्तुतिसहित अघि बढेको समारोहमा कृतिमा त्रिपाठीले नेपालकी छोरी हुँ म बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने गायक तथा संगीतकार शिव गौतमले आफ्नो संगीत र स्वर तथा कविन्द्र त्रिपाठीको शब्दमा सस्थाको गीत जय किसान जय कृषि जय जय मातृभूमि बोलको गीत गाएर कार्यक्रमको माहोल तताएका थिए। समारोहमा कालिका त्रिपाठी, माया चापागाईंलगायतले कविता प्रस्तुत गरेका थिए।

त्यस्तै, संस्थाका अध्यक्ष भरत लामाको परिकल्पना तथा कलाकार कविन्द्र त्रिपाठीको लेखनमा जन चेतनामूलक नाटक आंैसीको यात्रा मञ्चन गरिएको थियो। नाटकमा कविन्द्र त्रिपाठी, मुना निरौला त्रिपाठी, कृतिमा त्रिपाठी, यमबहादुर क्षेत्री, रामबहादुर खत्री, श्यामसुन्दर त्रिपाठी, नवीना तामाङ र आयुष ढुंगानाले अभिनय गरेका थिए।