प्रदेश खारेज गर्ने कुरामा जनताको मन्जुरी रहन्न : मुख्यमन्त्री जमरकट्टेल

0
Shares

रामेछाप ।

बाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले प्रदेश खारेज गर्ने कुरामा जनताको मन्जुरी नहुने बताउनु भएको छ । मुख्यमन्त्री जमरकट्टेल सङ्घीयता खारेजको आवाज उठ्न सुरु भएको बताउँदै प्रदेश खारेज गर्ने कुरा जनताले अस्वीकार गर्ने दाबी समेत गर्नु भएको हो ।

सोमबार रामेछापको मन्थलीमा मन्थली माविको विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । जनताले सङ्घीयता खारेज गर्ने कुरा स्वकार नगर्ने र यो कुरा स्वकार गर्न पनि नहुने बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले देशको विकासमा प्रदेशको प्रमुख भूमिका रहेको समेत जिकिर गर्नु भएको थियो । उहाँले प्रदेश सरकार नरहेको खण्डमा स्थानीय सरकार नरहने दाबी गर्नु भएको थियो । ‘प्रदेश सरकार खारेज गरे सङ्घीय सरकार पनि यस्तो रहँदैन र स्थानीय सरकार पहिलेकै गाविस वडाहरूमा जान्छ’ उहाँले भन्नु भयो ।

प्रदेश खारेज गर्ने कुरा उठेको प्रति आक्रोशित देखिएका मुख्यमन्त्री जमरकट्टेले जुनसुकै पार्टीबाट यो कुरा उठे पनि तिनीहरूले यो व्यवस्था उल्ट्याउन लागि परेको जिकिर गर्नु भयो । उहाँले देश विकास गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच समन्वय हुनुपर्नेमा जोड् दिनुभयो ।

माओवादी केन्द्रका नेता समेत रहेका मुख्य मन्त्री कट्टेलले आगामी आर्थिक वर्षदेखि ५० लाख भन्दा मुनिका सबै योजना स्थानीय सरकारले काम गर्ने गरी योजना अगाडि बढाएको जानकारी दिँदै यसको लागि आवश्यक काम समेत मन्त्रालयमा भइरहेको जानकारी दिनुभयो । कार्यक्रमको बोल्दै उहाँले अबको शिक्षा व्यवहारिक र प्रयोगात्मक हुनु पर्नेमा समेत बताउनु भएको थियो ।