उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यसँग सपरिवार विशेष भेटघाट 

0
Shares

काठमाडौँ।

पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार आज नेपाल फर्किएका छन्  । ११ दिनअघि नातेदार र सपरिवारसहित रुपेडिया नाका हुँदै उत्तरप्रदेश पुग्नुभएका ज्ञानेन्द्र शाह  साँझ  ६ बजे  नेपालगन्ज फर्किनुभएको हो ।  ज्ञानेन्द्र परिवार वैशाख २३ गते भारत भ्रमणमा निस्कनुभएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा विशेष सुरक्षा सहित लखनउ पुग्नुभएको थियो । रुपेडियाबाट विशेष सुरक्षासहित भारत पुग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाह परिवारलाई विशेष सुरक्षादस्ताले नेपालको सिमानासम्म स्कर्टिङ गरेका थिए । लगत्तै नेपालबाट पुगेको पूर्वराजाको सुरक्षा दस्ताले नेपालगन्जको दशगजा क्षेत्रबाट होटल सोल्टी ल्याएका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगीसंग सपरिवारले विशेष भेट गरेका थिए । त्यस क्रममा नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको विषयमा गम्भीर कुराकानी भएको स्रोतको भनाई छ ।

तीर्थ दर्शन र निजी भ्रमणको लागि भारत पुगेका ज्ञानेन्द्रलाई योगी आदित्यतनाथले को-कोसंग भेट गराए भन्ने विषय गोप्य राखिएको छ । पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, बहिनी शोभा सहितको भारत गएका थिए ।

उक्त टोलीमा निजी सचिव सागर तिमल्सिना, दुई नानी र दुई सहयोगी रहेका छनु । ती मध्य धिरेन्द्र पुत्रीद्वय पूजा र दिलासा शनिबार लखनउ पुगेका थिए ।

११ दिन  भारत भ्रमणको क्रममा उहाँको सबै व्यवस्था उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नुभएको स्रोतको भनाई छ ।

नेपाल फर्के लगत्तै जेठ ६ गते धनगढीका राजावादीले  नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।