प्रमुख सत्तारूढ दल माओवादी केन्द्रका नेताहरू चीन भ्रमणमा जाँदै

0
Shares

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको भ्रमण जाँदैछन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली अनुभव आदानप्रदानका लागि भन्दै चीन जान लागेको हो ।

आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरू चीन भ्रमणमा जान लागेको माओवादी केन्द्र स्रोतले बतायो ।

भ्रमणका लागि माओवादी केन्द्रका भातृ संगठनहरूका प्रमुख र प्रदेश अध्यक्षहरू सहभागी हुने बताइएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।