सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पूर्वगृहमन्त्री वालकृष्ण खाँणको बयान शुरू भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा कांग्रेसका नेतासमेत रहेका खाँणको वयान शुरू भएको हो ।

गत बिहीबार पक्राउ परेका पुर्व खाँणमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले हिजो ४ दिनको म्याद थप गरेपछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो ।

टेकु परिसरको हिरासतमा ४ दिनदेखि रहँदै आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका न् । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्यपि सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रूपियाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।