आज सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेला



सुर्खेत । आज सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना गरिएको छ । महिनावारी व्यवस्थापनलगायत विविध जानकारी दिने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको हो ।

कर्णाली प्रदेशमा महिनावारी व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार संघ संस्थालगायत सरोकारवालाहरूको साझा मञ्चको रूपमा स्थापित कदम अभियानले उक्त मेलाको आयोजना गर्न लागेको हो ।

कदमको पूरारूप मर्यादित महिनावारीका लागि कर्णाली एलाइन्स हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास महाशाखा प्रमुखको अध्यक्षतामा गठन गरिएको उक्त सञ्जालमा हाल ३० भन्दा बढी संघसंस्था आवद्ध छन् । एलाइन्सले मर्यादत महिनावारी सम्बन्धमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

हरेक वर्षको मे २८ मा मनाइने विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा कदमले सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना गर्न लागेको हो ।

उक्त मेलामा छाउपडीसम्बन्धी जनचेतनामूलक देउडा प्रतियोगिताको आयोजना गरिएको संयोजक अनिता ज्ञवालीले जानकारी दिइन् ।

कार्यक्रम वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै रहेको खुल्ला चौरमा हुने कदमको सचिवालय संस्था सुस्वाका राजु तिरुवाले जानकारी दिएका छन् ।

ितरुवाका अनुसार कदमले विश्व महिनावारी स्वच्छता दिवसको सन्दर्भमा ‘महिनावारी हुँदा पर हैन घर’ भन्ने कर्णालीमैत्री नारासमेत तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्