नदीमा डुबेर दम्पतीको मृत्यु

0
Shares

नवलपरासी । पूर्वी नवलपरासीमा हिजो (आइतबार) बेलुका कोल्हुवास्थित नारायणी नदीमा डुबेर एकैघरका श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका २ निवासी ५५ वर्षीय सोमबहादुर बोटे र उनकी पत्नी ४५ वर्षीया बगरी बोटे रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार बोटे दम्पती नदी पारीको जंगलमा तरकारी पकाउने निउरो टिप्न जाँदै गर्दा नारायणी नदीमा एक्कासी डुवेर बेपत्ता भएका थिए ।

बोटे दम्पती नदीमा डुबेपछि उनीहरूसँगै निउरो टिप्न गएका छिमेकीहरूले खोजतलास गर्ने क्रममा बगरी बोटेलाई मृत अवस्थामा उद्दार गरेका थिए भने सोमबहादुर फेला नपरेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले घटनाबारे थाहा पाउना साथ नारायणी नदी वरपर खोजी गर्ने क्रममा राति अवेर सोमबहादुरलाई मृत अवस्थामा फेला पारेको थियो ।

प्रहरीले मृतक बोटे दम्पतीको शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकृत सन्तोष पाठकले बताउनुभयो ।