शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणको बयान आजदेखि

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान हुने भएको छ । उनको बयान आज (सोमबार)देखि शुरु हुने भएको हो ।

यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान हिजो (आइतबार) सकेको छ भने आजदेखि खाँणको बयान शुरु गरिने भएको छ ।

अनुसन्धानका लागि खाँणविरुद्ध थप चार दिन समय दिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

तर, खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर, सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन् ।