उदयपुर सिमेन्ट उद्योगले विद्युत् महसुल तिर्न ३६ करोड बाँकी, बिजुलीको लाइन कट

0
Shares

उदयपुर । उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ । विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि आइतबारबाट विद्युत काटिएको हो ।

विद्युत काटिएपछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परेको छ । नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तिसमेत काटिएपछि उद्योग थप संकटमा परेको छ ।

उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साताअघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिएपछि आइतबारबाट बिजुली काटनु परेको जानकारी दिए ।

‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहँदै आएको थियो । तर, सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौं । तर, पूर्णरूपमा विद्युतलाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौं’ उनले भने ।