राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको पूर्णबैठक शुरु हुने भएको छ । बैठक काठमाडौं धुम्बाराहीमा आज (सोमबार)बाट शुरु हुने राप्रपाले जनाएको छ ।

मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने पार्टीका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठक जेठ ३ सम्म चल्नेछ ।