किरणले ल्याए एकसाथ ३ गीत



लोकप्रिय हास्य अभिनेता तथा गायक किरण केसी ‘रातामकै’ ले शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आपूmद्वारा स्वरबद्ध तीन गीत सार्वजनिक गरेका छन्।

समारोहमा खं साँ निसें बोलको नेवारी गीत सार्वजनिक गरियो भने तयारी अवस्थामा रहेको रात र होला होला भन्दै गरी अन्य दुई गीतको भिडियोसमेत प्रिमियर गरिएको थियो। सार्वजनिक छन्त खं साँ निसें बोलको गीतमा किरण केसीको स्वर तथा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको शब्द र संगीत रहेको छ। गीतको शुरुको अंश मदनकृष्णले गाएका छन्। गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शोभा महर्जन र हिसिला मर्हजनले अभिनय गरेका छन्। गोपालकृष्ण मर्हजनको प्रस्तुति रहेको भिडियोमा सुरेन्द्र तुलाधरको निर्देशन तथा शोहन मानन्धरको छायांकन र सम्पादन रहेको छ।

किरणले गैर नेवारले नेवारी भाषा, परम्परा भेषभूषा तथा परिकारबारे प्रशंसा गर्दै गाइएको गीत आठ वर्षअघि रेर्कड गरिएको र विभिन्न कारणले हाल आएर भिडियो बनाई सार्वजनिक गरेको बताए। नेपाली भाषाका धेरै गीत गाए पनि उनका यो पहिलो नेवारी गीत हो। ‘नेपाल भाषा भएकाले यो गीत गाउन मलाई निकै गाह्रो भएको थियो। तर, मदन दाइले एउटा बालकलाई झैं निकै प्रेमले हौसला दिँदै गाउन सिकाउनुभयो। म उहाँको धैर्यताको निकै प्रशंसा गर्छु। मदन दाइले सधैं तिमी गाउन सक्छौ भनेर हौसला दिनुहुन्थ्यो। बडो गाह्रो गरी दिउँसो ३ बजे रेर्कड शुरु गरेको गीत राति ११÷१२ बजे बल्ल सकिन्थ्यो’ किरणले सुनाए। किरणले आफ्नो गाउने रुचिका कारण धेरैले आफूलाई गीत उपहार दिएको जनाउँदै आफ्नो अभिनय यात्रा मह जोडीको टेलिसिरियलमार्फत भएको स्मरण पनि गरे।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले किरणले कलाकारिताका विविध पक्ष गानय, अभिनय तथा लेखनमा सक्रियता राख्दै ति विधामा आफूलाई अब्बल सावित गर्दै आएको बताए। अर्का प्रमुख अतिथि तथा हास्यव्यग्य अभिनेता हरिवंश आचार्यले आफू लामो समयदेखि किरणका साथ सहकार्य गर्दै आएको स्मरण गर्दै हरेक क्षेत्रमा सफल बन्नका लागि मेहनत चाहिने र त्यो मेहनत किरणले गर्दै अँएको चर्चा गरे।

हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले किरणको ऊर्जाबाट आफू सधैं प्रेरित रहने गरेको जनाउँदै उनी सधैं ऊर्जावान् रहेको उल्लेख गरिन्। सार्वजनिक गीत किरण केसी रातामकै नामक युट्युब च्यानलमा अपलोड गरिएको छ। उनले आप्mना तीन गीतमध्ये अन्य दुई गीतबारे जानकारी दिँदै एउटा गीत जेठ १९ र अर्को गीत असार १५ गते आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक गर्ने बताए।

किरणको अर्को एल्बम होला होला भन्दैमा भने किरण केसीको स्वर तथा मदनकृष्णकै शब्द र संगीत रहेको छ। किरण केसीको प्रस्तुति रहेको एल्बममा सामावेश गीतको भिडियोमा किरण र मदनकै अभिनय रहेको छ भने सुदन केसीको निर्देशन, रामशरण उप्रेतीको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।

तेस्रो एलबा ए रातमा भने सुरेश ढुंगानाको स्वर, सत्य–स्वरूपको संगीत र प्रभा अधिकारीको शब्द रचना रहेको छ। गीतको भिडियोमा किरणका साथ अभिनेत्री शर्मिला मल्लले अभिनय गरेकी छन्। सुदन केसीको निर्देशन रहेको यसको भिडियोमा रामशरण उप्रेतीको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ। गीत तथा भिडियो पारस अधिकारीले निर्मँण गरेका हुन्।

हास्य अभिनय र गीत गायनबाट लोकप्रियता कमाउँदै आएका किरण पछिल्लो समयमा म्युजिक भिडियोमा छाउँदै आएका छन्। उनी टिकटकमा पनि उत्तिकै लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्