आज थप १० जनामा कोरोना संक्रमण



काठमाडौं ।

नेपालमा पछिल्लो २४ घन्टामा थप १० जना कोरोना भाईरस संक्रमित फेला परेका छन् । जसअनुसार पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना डिस्चार्ज भएका छन भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।

हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन भने १२ हजार ३१ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्