श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ

0
Shares

काठमाडौं ।

सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट आइतवार सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा)ले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाईकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के।जी गाँजासहित एउटा भारतीय मोटरसाईकल बैशाख ३१ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट  भारततर्फ लैजादै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाईकल सोही ठाउँमा छाडी व्यक्ति भने
फरार भएका थिए । नियन्त्रणमा लिएको गाँजा र मोटरसाईकल आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाईएको छ ।