नेपाल माझी उत्थान संघ सिन्धुलीको अध्यक्षमा बबिन्द्रलाल माझी चयन

0
Shares

सिन्धुली । नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीको अध्यक्षमा बबिन्द्रलाल माझी चयन हुनुभएको छ । हिजा (शनिबार) मरिण गाउँपालिका ४ सहानमा भएको चौथो जिल्ला अधिवेशनले माझीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले कार्य समितिको उपाध्यक्षमा बिष्णुबहादुर माझी, सचिवमा झलकबहादुर माझी, सहसचिवमा सर्मिला माझी, कोषाध्यक्षमा बिना माझी लगाएतका सदस्यहरु चयन गरेको अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिको कार्यकाल आगामी तीन वर्षसम्म रहने छ । कार्यसमितिको नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष गोविन्दलाल माझीको प्रमुख आथिथ्यतामा भएको अधिवेशनमा कार्य समितिको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश भई त्यसमाथि छलफलसमेत भएको अध्यक्ष माझीले जानकारी दिनुभयो ।

अधिवेशनमा मरिण गाउँपालिकाका उपाध्यक्ष विमला माझी, निवर्तमान उपाध्यक्ष संगीता माझी, नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्यहरु, माझी मुक्तिमोर्चाको केन्द्रीय कोषाध्यक्ष गोपिलाल माझी, नेपाल माझी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष धनबहादुर माझी लगायतको उपस्थिति रहेको छ । अधिवेशनमा माझी समुदायका व्यक्तिहरु आफ्नो भेषभुषा सजिएका थिए भने विभिन्न माझी संस्कृति झल्कने सांङ्गीतिक कलाहरु प्रस्तुत गरिएको थियो ।

अध्यक्ष माझीका अनुसार सिन्धुलीमा ११ हजार भन्दा माझीहरुको बसोबास रहेको छ ।