पूर्वमन्त्री गौतम आमरण अनशनमा

0
Shares

काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशन बसेका छन् । गौतमले विभिन्न विकास निर्माणको माग राख्दै अनशन बसेका हुन् ।

उनले १५ बुँदे मागहरूको सूची आमरणस्थलमा टाँस गरेर अनशन शुरु गरेका छन् । गौतमले जब्दीघाटको भत्किएको पुल निर्माण कार्य शुरु गर्नुपर्ने माग सूचीको पहिलो नम्बरमा उल्लेख गरेका छन् । यी लगायतका जिल्लाका विभिन्न विकास निर्माणका माग राख्दै उनी अनशन बसेका हुन् ।

गौतम बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य हुन् ।