सांस्कृतिक कार्यक्रम र सम्मान



मृगौला फेल भएका सुरेन्द्र तामाङको सहयोगार्थ राजधानीमा नेपाल रेन्बुकाई कराँते डो संघको आयोजनामा चन्द्रागिरि हिल्स सांस्कृतिक कार्यक्रम २०८० सम्पन्न भएको छ। ज्येष्ठ नागरिक भवन दिवा सेवाको प्रस्तुति रहेको कार्यक्रममा विभिन्न कलाकारले आप्mना प्रस्तुति दिएका थिए।

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, कलाकार कृष्ण मल्ल, मदनदास श्रेष्ठ, निर्देशक दिनेश राउत, कलाकार जयकिशन बस्नेत र जाह्नवी बस्नेतलाई सम्मान गरिएको थियो। निर्देशक शोभित बस्नेतले सहजीकरण गरेको कार्यक्रममा समाजसेवी सरिता खत्रीको विशेष सहयोग थियो।

प्रतिक्रिया दिनुहोस्