७५ वर्षगाँठमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने एमालेको निर्णय 

0
Shares

काठमाडौँ।

नेकपा एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी ७५ वर्ष पुगेको अवसरमा विश्वका कम्युनिस्ट पार्टीहरूलाई बोलाएर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

यस्तै पार्टीको ७५ वर्षको इतिहास झल्काउनेबारे कुनै ठाउँमा स्मारक बनाउने निर्णय पनि भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत अगामी १ वर्षसम्म केन्द्रीय सदस्यले आफ्नो भूगोल बाहेकको अर्को क्षेत्रमा गएर संगठन बनाउने काममा लाग्ने निर्णय भएको एमाले पोलिटब्युरो सदस्य  विशाल भट्टराईले जानकारी दिनुभयो । आगामी १ वर्ष सबै केन्द्रीय सदस्य आफ्नो भूगोलभन्दा फरक भूगोलमा गएर राजनीतिक, सांगठानिक काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको बैठकले यी लगायत  विभिन्न १६ वटा समसामयिक प्रस्तावहरू पारित गरेको छ ।