धादिङमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी

0
Shares

काठमाडौं ।

धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ । काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासी आगो लागेको हो ।

बसको इन्जिनबाट धुँवा निसक्नेबित्तिकै सबै यात्रुलाई बाहिर निकालेकाले मानवीय क्षति हुन नपाएको धादिङ प्रहरीले जानकारी दिएको छ । उक्त बसमा ३३ यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

बसमा लागेको आगो राजमार्ग क्षेत्रमा रहे को दमकल र स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसका सबै सिट जलेर नष्ट भएका छन् भने अगाडि र झ्यालका सबै सिसामा पूर्ण रुपले क्षति पुगेको छ ।विद्युत सर्ट भइ बसमा आगो लागेको प्रहरीको अनुमान छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको सडक अहिले सुचालु भएको छ ।