नेपाल इन्स्याेरेन्सको खुद नाफा बढ्याे

0
Shares

काठमाडौं । 

नेपाल इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५९.६६ प्रतिशतले बढेर २८ करोड ६५ लाख २९ हजार रुपैयाँ कायम छ ।

इन्स्योरेन्सले अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा खुद बिमा शुल्क आर्जन ०.०६ प्रतिशतले बढेर ६० करोड १६ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।साथै बिमा कोषको आकार ३५.८५ प्रतिशतले बढेर ८९ करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको हो । प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा छ ।