काठमाडौँ।
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इजरायलका राजदूत हनान गोडर-गोल्डबर्गरबीच जङ्गी अड्डामा भेटवार्ता भएको छ ।
आज प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।











प्रतिक्रिया